काठमाडौँ। नेपाली बजारमा आज (बिहीबार) सुनको भाउ बढ्दा चाँदीको मूल्यमा भने गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज सुन प्रति तोला दुई सय रुपैयाँले बढ्दा चाँदी २० रुपैयाँले घटेको जानकारी दिएको छ।
महासंघका अनुसार आज छापावाल सुन प्रति तोला एक लाख १८ हजार छ सय रुपैयाँमा कारोबार भइरहेको छ । यसैगरी तेजाबी सुन प्रति तोला एक लाख १८ हजार ५० रुपैयाँमा कारोबार भइरहेको छ । सुनको मूल्य सोमबार प्रति तोला एक लाख २१ हजार छ सय पुग्दै अल टाइम हाई रेकर्ड बनाएको थियो ।
बिहीबार चाँदी प्रति तोला एक हजार चार सय ६० रुपैयाँमा कारोबार भइरहेको छ । चाँदी पनि सोमबार इतिहासकै उच्च मूल्य अर्थात तोलाको एक हजार पाँच सय ४५ रुपैयाँमा कारोबार भएको थियो । त्यसयता तीन दिनमा चाँदी ८५ रुपैयाँले सस्तिएको छ ।
काठमाडौं । शुक्रबार एकैदिन सुनको भाउ तोलामा ५ हजार ८ सय रुपैयाँ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको भाउ प्रतितोला...
काठमाडौं। नेपाली बजारमा सुन र चाँदी दुवैको मूल्यमा वृद्धि भएको छ। बुधबार सुन प्रतितोला ५ हजार ४०० र चाँदी प्रतितोला ११० रुपैयाँले बढेको हो। नेपाल...
काठमाडौं। सरकारले अब हरेक दिन कर प्रणालीमा आबद्ध नागरिकलाई लखपति बनाउँदै छ। मूल्य अभिवृद्धि कर ९भ्याट० र स्थायी लेखा नम्बर (प्यान) मा आबद्ध भएका...
काठमाडौँ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आर्थिक वर्ष २०८३/८४ को बजेट कार्यान्वयनका लागि छलफल सुरु गरेका छन् । भर्खरै अर्थ मन्त्रालयको सुवर्ण हलमा बजेट...
काठमाडौं । नेपाल आयल निगमले उपभोक्ताहरुलाई भरी सिलिन्डर ग्याँस उपलब्ध गराउने भएको छ । अमेरिका–इरान तनावपछि निगमले २०८२ फागुन २९ गतेदेखि आधा सिलिन्डर (७.१...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend