Nepal Face
  • बुधबार, २६ कार्तिक २०८३
  • पुल्चोक इन्जिनियरिङ कलेजको नेविसंघ इकाइ सभापतिबाट चापागाईले दिए राजीनामा


    बिहिबार, भाद्र १४ २०८०
    1.3K
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौं । इन्जिनियरिङ अध्ययन संस्थानले गरेको शुल्क वृद्धिविरुद्ध ९ दिनसम्म आमरण अनसन बसेका पुल्चोक इन्जिनियरिङ कलेजका नेविसंघ इकाइ सभापति सुलभ चापागाईंले राजीनामा दिएको घोषणा गरेका छन् ।

    उनले त्रिभुवन विश्वविद्यालयको इन्जिनियरिङ अध्ययन संस्थानको शुल्क वृद्धि फिर्ता लिनेसम्बन्धी सहमतिमा आमरण अनसनरत पक्षलाई बेवास्ता गरिएको भन्दै राजीनामा दिएको घोषणा गरेका हुन् ।

    शुल्क वृद्धि फिर्ताको माग गर्दै चापागाईं आफैं आमरण अनसन बसेका थिए । उनको अनसनमा नेविसंघ लगायतका संघ संगठनहरुले साथ दिएका थिए । संसदमा पनि शुल्क वृद्धि फिर्ताको माग सम्बोधन गर्दै आमरण अनसन बसेका चापागाईं लगायतको जीवन रक्षाको माग गर्दै आवाज उठेको थियो ।

    बुधबार त्रिभुवन विश्वविद्यालयका उपकुलपति धर्मकान्त बास्कोटा र प्रमुख विद्यार्थी संगठनका नेतृत्वहरुबीच शुल्क फिर्ता लिने र अनसन लगायतका आन्दोलनका कार्यक्रम फिर्ता लिने निर्णयसम्बन्धी सहमति पत्रमा हस्ताक्षर भएको थियो । सहमति पत्रमा नेविसंघका केन्द्रीय अध्यक्ष दुजाङ शेर्पा, माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीका अध्यक्ष पञ्चा सिंह, एकीकृत समाजवादी निकट विद्यार्थी संगठनकी अध्यक्ष आरती लामा, समाजवादी विद्यार्थी युनियनका अध्यक्ष रमेश यादव र विप्लव निकट अखिल क्रान्तिकारीका अध्यक्ष प्रकाश सीले हस्ताक्षर गरेका छन् ।

    तर आमरण अनसन बसेकाहरुलाई यो निर्णयमा संलग्न नगराइएको भन्दै सुलभ असन्तुष्ट थिए । उनले नेविसंघ पुल्चोक इकाइ सभापतिबाट राजीनामा दिएको सामाजिक सन्जाल फेसबुकमा लेखेका छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार