Nepal Face
  • आइतबार, १० साउन २०८३
  • शुक्रबार काठमाडौं महानगरमा सार्वजनिक बिदा


    बुधबार, भाद्र १३ २०८०
    1.6K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । काठमाडौं महानगरपालिकाले शुक्रबार सार्वजनिक बिदा दिएको छ । शुक्रबार सापारु र रोपाइ जात्रा मनाउन महानगरपालिकाले नगर क्षेत्रभित्र सार्वजनिक बिदा दिएको हो ।

    शुक्रबार सापारु र रोपाइ जात्रालाई परम्परालाई निरन्तरता दिई महानगरपालिकाको मौलिक अमूर्त सम्पदाको संरक्षण गर्न बिदा दिएको सूचनामा उल्लेख छ । बिदा काठमाडौं महानगरपालिका क्षेत्रभित्र मात्र हुने छ ।

    बिहीबार जनैपुर्णिमा र गाईजात्रा एकैदिन परेकोले सरकारले बिहीबार मात्र सार्वजनिक बिदा दिएको छ । नेवार समुदायले बिहीबार नै गाईजात्रा मनाउने भएपनि शुक्रबार भने रोपाइ जात्रा मनाउने भएका छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार