Nepal Face
  • शुक्रबार, ८ साउन २०८३
  • मधेस प्रदेशमा भोलि सार्वजनिक बिदा   


    बिहिबार, भाद्र १९ २०८२
    935
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • जनकपुर ।   मधेस प्रदेश सरकारले भोलि सार्वजनिक बिदा दिने भएको छ ।

    प्रदेश सरकारका गृह, सञ्चार तथा कानुन मन्त्रालयका सचिव विमलप्रसाद बरालद्वारा आज जारी सूचनामा शुक्रबार प्रदेशभरि सार्वजनिक बिदा दिने निर्णय गरिएको जनाइएको छ ।

    मधेस प्रदेशको २०८१ चैत २२ गतेको प्रकाशित राजपत्रमा उल्लेख रहेको थप बिदासम्बन्धी सूचनाअनुसार मोहम्मद जयन्तीका अवसरमा बिदा दिइएको मन्त्रालयद्वारा जारी सूचनामा उल्लेख छ ।       (रासस)

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार