Nepal Face
  • बुधबार, २६ कार्तिक २०८३
  • एमसीसी कार्यान्वयनविरुद्ध माइतीघरमा विप्लवको प्रदर्शन (तस्बिरहरु)


    बुधबार, भाद्र १३ २०८०
    1.3K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ । अमेरिकी सहयोग मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी) कार्यान्वयनविरुद्ध नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपा र वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टीका नेता कार्यकर्ता सडकमा उत्रिएका छन्।

    उक्त एमसीसी कार्यान्वयन सुरुवात भएको विरोधमा उनीहरुले काठमाडौँको माइतीघरमा प्रदर्शन गरेका छन् । विरोध प्रदर्शनमा नेकपाका महासचिव विप्लव, नेता प्रकाण्ड, धर्मेन्द्र बास्तोला लगायत सहभागी थिए ।

    माइतीघरमा प्रदर्शन भइरहँदा सिंहदरबारमा भने अर्थमन्त्री डा.प्रकाश शरण महत र एमसीसीका कम्प्याक्ट सञ्चालनसम्बन्धी उपाध्यक्ष क्यामेरोन अल्फोर्डले एमसीसी नेपाल कम्प्याक्ट कार्यान्वयन चरणमा प्रवेश सम्बन्धी पत्र आदानप्रदान गरेका थिए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार