Nepal Face
  • आइतबार, १० साउन २०८३
  • सुनील शर्माको आरोप- ५० हजारलाई रोजगारी दिने मीनबहादुरलाई सरकारले सिद्ध्याउन खोज्यो


    बुधबार, भाद्र १३ २०८०
    1.1K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  •  

    काठमाडौं । सांसद सुनील शर्माले व्यवसायीहरूलाई सरकारले सिद्ध्याउन खोजेको आरोप छन् । साथै उनले अहिलेको सरकार व्यवसायीको हितमा नभएको बताए ।

    व्यवसायी मीनबहादुर गुरुङको उदाहरण दिँदै सांसद शर्माले ठूला व्यवसायीलाई सरकारले सक्न खोजेको बताए ।

    “५० हजारलाई रोजगारी दिइरहेका मीनबहादुरलाई अहिले हतकडी लगाइएको छ । गल्ती गर्नेलाई सजाय दिनुपर्छ । तर, नियतवश गर्नुहुँदैन,” उनले भने, “पाँचतारे होटलमा बसेर सरकारी जग्गा कसले बेचेको ? व्यवसायीले किन्छ । तर, बेच्ने काम कसले गर्‍यो ? यो व्यवसायी सक्ने योजना हो ।”

    मीनबहादुरलाई मात्र नभएर ठूला व्यवसायीलाई वर्तमान सरकारले हतकडी लगाउने नीति लिएको उनको दाबी छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार