Nepal Face
  • आइतबार, १० साउन २०८३
  • भुटानी शरणार्थी प्रकरणमा थुनामा रहेका बालकृष्ण खाँणलाई कारागार पुगेर शशांकले भेटे 


    बुधबार, भाद्र १३ २०८०
    1K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा पुर्पक्षका लागि थुनामा रहेका पूर्वगृहमन्त्री बालकृष्ण खाँणलाई नेपाली कांग्रेसका नेता डा. शशांक कोइरालाले भेटेका छन् ।

    खाँणलाई भेट्न बुधबार विहान ९ः१५ बजे कोइरला केन्द्रीय कारागार सुन्धारा पुगेका थिए । उनीसँग थप दुई जना अन्य व्यक्ति पनि रहेको कारागार स्रोतले जानकारी दिएको छ । खाँण र कोइरालाबीच करिब १५ मिनेट कुराकानी भएको थियो ।

    थुनामा रहेका खाँणलाई कांग्रेस नेताहरु डा शेखर कोइराला, परराष्ट्रमन्त्री एनपी साउद लगायतका नेताहरुले पनि भेटिसकेका छन् ।

    उक्त प्रकरणको अनुसन्धानका लागि खाँण वैशाख २७ गते पक्राउ परेका थिए ।

    जिल्ला अदालत काठमाडौंको आदेशमा उनी १ असारमा पुर्पक्षका लागि कारागार पठाइएका थिए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार