Nepal Face
  • आइतबार, १० साउन २०८३
  • शंकर पोखरेलको नेतृत्वमा एमालेको जम्बो टोली चीन भ्रमणमा जाँदै


    बुधबार, भाद्र १३ २०८०
    1.7K
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौँ । नेकपा एमालेका महासचिव शंकर पोखरेलको नेतृत्वमा एमालेको जम्बो टोली पनि चीन भ्रमणमा जाने भएको छ । भदौ १७ गते एमालेका २१ जना नेता चीन भ्रमणमा जान लागेका हुन् ।

    उनीहरु चीनको बेइजिङ, ग्वान्जाओ लगायतका शहरको भ्रमण तथा चिनियाँ नेताहरुसँगको भेटवार्ता सकेर भदौ २९ गते नेपाल फर्कने बुझिएको छ । एमाले विदेश विभाग प्रमुख राजन भट्टराईले चिनियाँ कम्युनिस्ट पार्टीको निमन्त्रणामा चीन भ्रमणमा जान लागेको बताए ।

    तर भट्टराईले भ्रमणबारे विस्तृत जानकारी केही दिनमा पत्रकार सम्मेलन गरेर जानकारी दिने भन्दै अहिले प्रक्रियामै रहेकाले सबै कुरा भन्न नसकिने प्रतिक्रिया दिए ।

    स्रोतका अनुसार महासचिव पोखरेलसहित विदेश विभाग प्रमख राजन भट्टराई, प्रचार विभाग प्रमुख राजेन्द्र गौतम, पोलिटब्युरो सदस्य ज्वालाकुमारी साह, केन्द्रीय सदस्यहरू अजय गुप्ता, नीरज आचार्य, कपिल पोखरेल, पीताम्बर भुसाल, सहदेव बोगटी, राम राना पनि भ्रमण टोलीमा रहेका छन् ।

    त्यसैगरी युवा संघका अध्यक्ष क्षितिज थेवे, अनेरास्ववियु अध्यक्ष समीक बडाल, अखिल नेपाल महिला संघ अध्यक्ष टुका हमाल, प्रेस चौतारीका राजेश राई, नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) महासचिव लक्ष्मण शर्मा पनि भ्रमण टोलीमा रहेको बुझिएको छ ।

    त्यसबाहेक गोपाल खनाल, मञ्जु गुरुङ, कल्पना थापा, मानवीर राई, रचना खड्का तथा महासचिव पोखरेलका स्वकीय सचिव सरोज रेग्मी पनि चीन भ्रमणमा जाने तयारीमा रहेको बुझिएको छ ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार