Nepal Face
  • आइतबार, १० साउन २०८३
  • सिरहाको अम्वासमा आज एमाले सचिवालय बैठक बस्दै


    बुधबार, भाद्र १३ २०८०
    2K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं। नेकपा एमालेको सचिवालय बैठक आज बस्ने भएको छ । धनगढीमाई नगरपालिका–४ सर्रे अम्वास (विष्णुपुरकट्टी) मा बस्ने बैठक बिहान साढे ११ बजे बस्ने भएको हो ।

    बैठकले मिसन ग्रासरुट अभियानको समीक्षा गर्नुको साथै केन्द्रीय कमिटी बैठकको मिति तोक्ने एमालेले जनाएको छ । अम्वासमा २०४६ मा भएको एमालेको चौथो महाधिवेशनबाट मदन भण्डारीलाई महासचिव चयन भएका थिए ।

    एमालेको ऐतिहासिक स्थान भएकाले सो ठाउँमा पार्टीको सचिवालय बैठक राखिएको हो । भट्टराईका अनुसार सो महाधिवेशनले राज्य व्यवस्था पनि बहुदलीय प्रतिस्पर्धामा आधारित हुन्छ भने नीति पास गरेको थियो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार