काठमाडौं । प्रहरीको हिरासतमा रहेका पाकिस्तानका पूर्वप्रधामन्त्री इमरान खानमाथिको सजायलाई इस्लामावाद उच्च अदालतले निषेध गरेको छ ।
इस्लामावादको जिल्ला अदालतले ५ अगस्टमा तोशाखाना मामिलामा इमरानलाई दोषी ठहर गर्दै ३ वर्ष जेल र १ लाख रुपैयाँ जरिवानाको सजाय सुनाएको थियो ।
त्यो फैसला विरूद्ध परेको रिटमा सुनुवाइ गर्दै उच्च अदालत इस्लामावादका प्रमुख न्यायाधीश आमिर फारुकले कारबारी रोक्न र पाकिस्तान तहरिक-ए-इन्साफ पार्टीका अध्यक्ष समेत रहेका खानलाई धरौटीमा रिहा गर्न आदेश दिएका छन् ।
इमरानका वकिल सलमान सफदरले यो आदेश आउनुअघि नै इमरनलाई अन्य मामिलामा पक्राउ नगर्नका लागि अनुरोध गर्दै इस्लामावाद उच्च अदालतमा निवेदन दिएका छन् । तर पनि २२ दिनदेखि अटक जेलमा रहेका खान रिहा हुन्छन् कि हुँदैनन् भन्ने अन्योल छ ।
किनकी इस्लामावादकै विषेश अदालतले उनलाई सिफर मामिलामा थुनामा राख्नका लागि आदेश दिएको छ ।
एजेन्सी । भारतको मध्य प्रदेशमा नक्कली मदिरा सेवनबाट पछिल्ला केही दिनमा करिब १५ जनाको मृत्यु भएको छ भने १०० भन्दा बढी व्यक्ति सरकारी अस्पतालमा...
काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको युद्धमा अमेरिकाले विजय हासिल गरेपछि तेलको मूल्य तीव्र रूपमा घट्ने र पेट्रोलको मूल्य प्रतिग्यालन दुई अमेरिकी डलरभन्दा...
काठमाडौँ । पोर्चुगलका स्टार फुटबलर क्रिस्टियानो रोनाल्डो र उनकी लामो समयदेखिकी प्रेमिका जर्जिना रोड्रिग्वेजले विवाह गरेका छन्। उनीहरूले मंगलबार पोर्चुगलको कास्काइसमा एक निजी नागरिक समारोहबीच...
काठमाडौँ । कोलम्बियाको पश्चिमी क्षेत्रमा सोमबार गएको ७.४ म्याग्निच्युडको शक्तिशाली भूकम्पमा परी मृत्यु हुनेको सङ्ख्या १८८ पुगेको छ । कोलम्बियन एसोसिएसन अफ क्यापिटल सिटीजले मंगलवार...
काठमाडौं । कोलम्बियामा ७.४ म्याग्निच्युडको शक्तिशाली भूकम्प जाँदा कम्तीमा १३२ जनाको मृत्यु भएको छ । सयौं मानिस अझै बेपत्ता छन् । सरकारले प्रारम्भिक रूपमा १११...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend