Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • प्रचण्डको दाबी – अर्थतन्त्र लयमा फर्किदैछ, रेमिट्यान्स १२ खर्ब २० अर्ब ५६ करोड पुग्यो


    मंगलबार, भाद्र १२ २०८०
    1K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले देशको अर्थतन्त्र लयमा फर्किन थालेको प्रष्ट पारेका छन्।

    प्रतिनिधिसभामा सांसदहरुले उठाएको प्रश्नको जवाफ दिँदै सरकारले चालेका सुधारात्मक कदमबाट अर्थतन्त्र विस्तारै लयमा फर्किएको बताए।

    रााष्ट्र बैंकले हालै सार्वजनिक गरेको प्रतिवेदनअनुसार अर्थतन्त्रका सूचकांकहरु सकारात्मक दिशातर्फ उन्मुख भएको जिकिर गरे। असार मसान्तसम्म सोधनान्तर स्थिति २ सय ९० अर्ब ५२ करोड रुपैयाँको बचतमा रहेको बताए।

    विप्रेशण आय (रेमिट्यान्स)मा २१ दशमलव २ प्रतिशतले वृद्धि भई १२ सय २० अर्ब ५६ करोड पुगेको दाबी गरे।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार