Nepal Face
  • आइतबार, १० साउन २०८३
  • सभापति देउवाले नभ्याउने भनेपछि कांग्रेसको प्रदेश पदाधिकारीहरुको सम्मेलन स्थगित


    सोमबार, भाद्र ११ २०८०
    1.1K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं। नेपाली कांग्रेसका सातै प्रदेशका पदाधिकारीहरुको सम्मेलन स्थगित भएको छ । भदौ १६ र १७ गते बोलाइएको प्रदेश पदाधिकारीहरुको सम्मेलन स्थगित गरिएको हो ।

    पार्टी सभापति शेरबहादुर देउवाले आउन नभ्याउने बताएपछि बैठक स्थगित गरिएको बताइएको छ । सम्मेलनको उद्घाटन पार्टी सभापति शेरबहादुर देउवाले गर्ने तालिका थियो । तर, सभापति देउवाले समय नमिल्ने भनेपछि निर्धारित सम्मेलन स्थगित भएको हो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार