Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • प्रधानन्यायाधीशको दाबी- सर्वोच्च अदालतमा सुशासन कायम गर्छौं


    सोमबार, भाद्र ११ २०८०
    1K
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौं। नवनियुक्त प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले सर्वोच्च अदालतमा सुशासन कायम गर्ने दाबी गरेका छन्।

    सोमबार सर्वोच्च अदालतमा स्वचालित पेशी तारेख प्रणालीको शुभारम्भ गर्दै प्रधानन्यायाधीश श्रेष्ठले सर्वोच्च अदालतमा सुशासन कायम गर्ने तर्क व्यक्त गरेका हुन्।

    उनले अदालतका सबै काम, कारबाहीहरूलाई प्रविधिमैत्री बनाएर सुशासन कायम गर्ने बताए।

    अदालतमा स्वचालित पेशी तारेख प्रणाली लागू भएसँगै कर्मचारीहरुले उच्च मनोबलका साथ काम गर्नसक्ने उनकाे भनाइ छ।

    स्वचालित प्रणालीले कर्मचारी र सेवाग्राहीहरुलाई निश्चिन्तता हुने पनि उनले बताए।

    प्रधानन्यायाधीश श्रेष्ठले भने, ‘यसले कर्मचारी र सेवाग्राहीलाई निश्चिन्त हुने बनाउँछ। सुधारको प्रक्रियामा अगाडि बढेको जस्तो लाग्दछ। पेशी व्यवस्थापनको कडी हो यो। अब सायद हाम्रो कर्मचारी साथीहरूले निर्धक्कसँग उच्च मनोबल राखेर काम गर्नलाई यसले मद्दत गर्छ होलाजस्तो अनुभूति मलाई भएको छ। अदालतका हरेक काम, कारबाहीहरू विशेषगरेर मुद्दाका पेशी व्यवस्थापनदेखि लिएर मुद्दाका तारिखदेखि लिएर हरेक कुराहरू फरक मुद्दा व्यवस्थापन पद्धति भनेर लागू गरेका छौं। त्यो सबै कुराहरू प्रविधिमा आवद्ध छन्। प्रविधिमा आवद्ध भएको हुनाले त्यसले धेरै सुशासनको व्यवस्था गर्छ। त्यसलाई पूर्ण रूपमा पालना गर्नेतर्फ हामी लागि रहेका छौं।’

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार