Nepal Face
  • आइतबार, १० साउन २०८३
  • १० संसदीय समितिको बैठक दिउँसो तीन बजे बस्दै


    सोमबार, भाद्र ११ २०८०
    895
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौं । आज एकै पटक १० वटा संसदीय समितिको बैठक बस्ने तयारीमा रहेको छ।

    उक्त बैठक दिउँसो तीन बजेदेखि सुरु हुनेछ । प्रतिनिधि सभा निर्वाचन भएको १० महिनापछि आजै संसदीय समितिले सभापति पाउँदै छन् ।

    १० वटा संसदीय समितिको सभापतिका लागि ९ वटा समितिमा एकल मनोनयन दर्ता भएकाले निर्विरोध निर्वाचित भइसकेका छन्, यद्यपि घोषणा हुन भने बाँकी छ ।

    एउटा समितिमा दुई जनाको मनोनयन परेका कारण निर्वाचन प्रक्रियाबाट सभापति चयन हुँदैछ ।

    सत्तारुढ नेपाली काँग्रेसका तर्फबाट अर्थ समितिमा सन्तोष चालिसे, कृषि समितिमा डा. आरजु राणा देउवा र राज्य व्यवस्था तथा सुशासन समितिमा रामहरी खतिवडाको उम्मेदवारी परेको छ ।

    त्यस्तै, प्रमुख प्रतिपक्ष (एमाले) बाट सार्वजनिक लेखा समितिमा ऋषिकेश पोखरेल र महिला तथा सामाजिक समितिमा किरणकुमार साहको उम्मेदवारी दर्ता भएको छ ।

    अर्को सत्तारुढ दल नेकपा (माओवादी केन्द्र) बाट कानून, न्याय तथा मानवअधिकार समितिको सभापतिमा विमला सुवेदीले उम्मेदवारी दर्ता गराएकी छन् ।

    अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिमा जनता समाजवादी पार्टी, नेपालका राजकिशोर यादवको उम्मेदवारी परेको छ ।

    नेकपा (एकीकृत समाजवादी) का भानुभक्त जोशीले शिक्षा, स्वास्थ्य र सूचना प्रविधि समिति सभापतिमा उम्मेदवारी दिएका छन् ।

    राष्ट्रिय प्रजातन्त्र पार्टीका दीपकबहादुर सिंहले पूर्वाधार विकास समितिमा उम्मेदवारी दर्ता गराएका छन् भने उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हीत समितिमा भने राष्ट्रिय स्वतन्त्र पार्टीबाट गणेश पराजुली र सत्तारुढ दलको तर्फबाट जनमत पार्टीका अब्दुल खानले मनोनयन गरेका छन् ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार