Nepal Face
  • आइतबार, १० साउन २०८३
  • नौं वटा संसदीय समितिको सभापति सर्वसम्मत, उद्योगमा मात्र प्रतिस्पर्धा


    आइतबार, भाद्र १० २०८०
    1.2K
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौं । प्रतिनिधिसभाका १० वटा विषयगत समितिको सभापतिका लागि उम्मेदवारी दर्ता भएको छ । सत्ता र प्रमुख प्रतिपक्षी दलबीच भएको भागबण्डाअनुसार नै आज दलहरूले उम्मेदवारी दर्ता गराएका हुन् ।

    जसअनुसार कांग्रेसले तीन समितिको सभापतिमा उम्मेदवारी दर्ता गरेको छ । त्यसमध्ये सांसद आरजु राणा र रामहरि खतिवडाले कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति र सुशासन समितिको सभापतिमा उम्मेदवारी दर्ता गरेका छन् । कांग्रेसकै सन्तोष चालिसेले अर्थ समितिको सभापतिमा उम्मेदवारी दर्ता गरेका छन् ।

    प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले दुई वटा समितिको सभापतिमा उम्मेदवारी दिएको छ । सांसद ऋषिकेश पोखरेलले सार्वजनिक लेखा समिति र किरण कुमार साहले महिला तथा सामाजिक मामिला समितिको सभापतिमा उम्मेदवारी दर्ता गरेका छन् ।

    माओवादी केन्द्रका सांसद विमला सुवेदीले कानुन न्याय तथा मानवअधिकार समितिको सभापतिमा र जसपाका सांसद राजकिशोर यादवले अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिको सभापतिमा उम्मेदवारी दर्ता गरेका छन् ।

    एकीकृत समाजवादीका भानुभक्त जोशीले शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समितिको सभापतिमा उम्मेदवारी दर्ता गरेका छन् । जनमतका अब्दुल खान र रास्वपाका गणेश पराजुलीले उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको सभापतिमा उम्मेदवारी दर्ता गरेका हुन् ।

    भोलि हुने निर्वाचनमा दश मध्ये उद्योग समितिमा मात्रै दुई जनाको उम्मेदवारी दर्ता भएको छ । सोही कारण उक्त समितिमा खान र पराजुलीको प्रतिस्पर्धा हुने भएको हो । बाँकीमा सर्वसम्मत नेतृत्व चयन हुने भएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार