Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • कृषि समितिको सभापतिमा आरजु राणाद्वारा उम्मेदवारी दर्ता


    आइतबार, भाद्र १० २०८०
    1.1K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । सत्तारुढ नेपाली कांग्रेसकी सांसद आरजु राणा देउवाले प्रतिनिधिसभाको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको सभापतिमा मनोनयन दर्ता गरेकी छन् ।

    आइतबार संघीय संसद सचिवालयमा गई उनले समिति सभापतिमा उम्मेदवारी दर्ता गराएकी हुन् । त्यस्तै राज्य व्यवस्था तथा सुशासन समितिको सभापतिमा कांग्रेस सांसद रामहरि खतिवडाले उम्मेदवारी दिएका छन् ।

    प्रमुख दहरुले प्रतिनिधिसभाका १० र संघीय संसदका २ वटा संयुक्त गरी १२ वटा समितिको नेतृत्व भागबण्डा गरेका थिए । जस अनुसार कांग्रेसले ४, एमालेले ३, माओवादीले २, जसपा, एकीकृत समाजवादी र जनमत पार्टीले एक एक वटा समितिको नेतृत्व लिने सहमति भएको थियो ।

    दलहरुबीच सहमति भएपछि संघीय संसद सचिवालयले समिति सभापतिको निर्वाचन प्रक्रिया अघि बढाएका थिए । सोही क्रममा आज दलहरुले उम्मेदवारी दिइरहेका छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार