Nepal Face
  • बुधबार, २६ कार्तिक २०८३
  • माओवादीकी सुवेदीद्वारा कानुन, न्याय तथा मानवअधिकार समितिमा उम्मेदवारी दर्ता


    आइतबार, भाद्र १० २०८०
    955
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ । सत्तारुढ नेकपा माओवादी केन्द्रले कानुन, न्याय तथा मानवअधिकार समितिको सभापति पाएको छ । मा‌ओवादीकी सांसद विमला सुवेदीले समितिको सभापति पदमा उम्मेदवारी दर्ता गरेकी हुन् ।

    सुवेदीको प्रस्तावकमा माओवादी सांसद पूर्णबहादुर घर्ती रहेका छन् भने समर्थकमा कांग्रेस सांसद रमेश लेखक, एमाले सांसद महेश बर्ताैला र राप्रपा सांसद ध्रुवबहादुर प्रधान रहेका छन् ।

    यसअघि १० वटा विषयगत समितिमध्ये माओवादी केन्द्रले विकास समिति र कानुन, न्याय तथा मानवअधिकार समितिको सभापति पाएको थियो । तर पूर्वाधार तथा विकास समितिको सभापति राप्रपाले पाएपछि माओवादी केन्द्रका सांसद माधव सापकोटा आउट भएका छन् ।

    माओवादीले पाएकामध्ये एक समिति रोज्न राप्रपालाई दिइएको थियो । दुईमध्ये रापप्रपाले विकास समिति रोजेपछि सापकोटा आउट भएका हुन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार