Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • दुई संसदीय समितिमा एमालेद्वारा उम्मेदवारी दर्ता


    आइतबार, भाद्र १० २०८०
    1.1K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । विपक्षी दल नेकपा एमालेले दुईवटा संसदीय समितिका सभापतिमा उम्मेदवारी दर्ता गराएको छ । एमालेले सार्वजनिक लेखा र महिला तथा सामाजिक मामिला समितिको सभापतिमा उम्मेदवारी दर्ता गराएको हो ।

    एमालेका सचेतक महेश बर्तौलाका अनुसार लेखा समितिमा ऋषिकेश पोखरेल र महिला समितिमा किरण शाहले उम्मेदवारी दर्ता गराएका हुन् ।

    सत्ता पक्षसँग एमालेले तीनवटा समितिको नेतृत्व पाउने सहमति भएको थियो ।

    राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्यांकन समितिमा नेतृत्वमा महिला पठाउने पार्टीको तयारी भएपनि अहिले नटुंगिएको नेता बर्तौलाले बताए ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार