Nepal Face
  • आइतबार, १० साउन २०८३
  • प्रचण्डले राप्रपालाई एउटा संसदीय समितिको सभापति दिने


    आइतबार, भाद्र १० २०८०
    880
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौं । प्रधानमन्त्री तथा माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा) लाई एउटा संसदीय समितिको सभापति दिन तयार बनेका छन् । ‘सबैलाई समेटेर जान चाहेको’ भन्दै प्रचण्डले राप्रपालाई एउटा सभापति दिने प्रतिबद्धता जनाएको स्रोतले बतायो ।

    मिनि पार्लियामेन्टका रूपमा चिनिने संसदीय समितिको सभापतिका लागि सोमबार दिउँसो ३ बजे निर्वाचन हुँदैछ । १० वटा विषयगत समितिको नेतृत्वका आकांक्षीहरूले आज उम्मेदवारी दर्ता गर्ने गर्दैछन् । कांग्रेसले ३ वटा र माओवादीले २ वटा समितिको नेतृत्व पाउने गरी समझदारी भएको थियो । माओवादीको भागमा परेकामध्ये एउटा राप्रपालाई दिने प्रस्ताव प्रचण्डले गरेका हुन् ।

    राप्रपा अध्यक्ष राजेन्द लिङदेनले संसदीय समिति सभापतिबारे प्रचण्डसँग कुराकानी गरेका थिए । उनी अहिले दुबईमा छन् । उनी उपाध्यक्ष बुद्धिमान तामाङलाई कार्यवाहक दिएर दुबई गएका हुन् ।

    तामाङले हिजो साँझ प्रचण्डसँग संसदीय समितिबारे छलफल गरेका थिए । राप्रपा स्रोतका अनुसार प्रचण्डले राप्रपाका कार्यवाहक अध्यक्ष बुद्धिमान तामाङलाई फोन गरेर एउटा सभापति दिन तयार रहेको बताएका हुन् ।

    राप्रपाले कुन समिति पाउने भन्ने तय भने भइसकेको छैन । माओवादीको भागमा पूर्वाधार विकास समिति र न्याय, कानून तथा मानवअधिकार समिति परेका छन् । त्यसमध्ये न्याय कानून समिति राप्रपाले पाउन सक्ने बताइएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार