Nepal Face
  • आइतबार, १० साउन २०८३
  • ओलीको उदयसँगै राजनीतिमा घृणा सुरु भएको घनश्याम भुसालको आरोप


    शुक्रबार, भाद्र ८ २०८०
    1.2K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं। नेकपा एकीकृत समाजवादीका महासचिव घनश्याम भुसालले नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक उदयसँगै राजनीतिमा घृणा सुरु भएको आरोप लगाएका छन् । आज काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

    उनले राजनीतिमा ओलीको उदयसँगै निन्दा, खुट्टा तानाताने, भर्त्सना र गालीको परम्परा र संस्कृति हाबी हुँदै गएको बताए । महासचिव भुसालले नयाँ पार्टीहरुप्रति लक्षित गर्दै अहिले ओली भन्दा पनि १० हातमाथि गएर निन्दा भर्त्सनामा उत्रिनेहरू आएको उल्लेख गरे ।

    उनले ओलीका कारण नेपालको शिक्षामा हुनुपर्ने उल्लेख्य प्रगति हुन नसकेको आरोप लगाए । महासचिव भुसालले राजनीतिमा अहिले घृणित संस्कृति भइरहेको बताए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार