Nepal Face
  • आइतबार, १० साउन २०८३
  • माधव नेपालले भ्रष्टाचार गर्‍यो भनेर कसैले पत्याउँदैनन् : मन्त्री ज्वाला


    शुक्रबार, भाद्र ८ २०८०
    2.1K
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौं । भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले ललिता निवास जग्गा प्रकरणमा पार्टी अध्यक्ष माधवकुमार नेपाललाई फसाउने षड्यन्त्र भएको बताएका छन् । आज काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

    उनले माधव नेपालले भ्रष्टाचार गर्‍यो भनेर संसारमा कसैले पनि नपत्याउने दाबी गरे । मन्त्री ज्वालाले भ्रष्टाचारको सवालमा राष्ट्रको ढुकुटीमाथि कोल्टे नजर लगाउने हिसावले माधव नेपाललाई कसैले प्रश्न उठाउन नसक्ने बताए ।

    उनले भने, ‘समकालीन नेताहरुमा सबैभन्दा स्वच्छ छविको नेता हुनुहुन्छ । कमी होलान् तर, भ्रष्टाचारको सवालमा राष्ट्रको ढुकुटीमाथि कोल्टे नजर लगाउने हिसाबले कसैले माधव नेपाललाई प्रश्न उठाउन सक्दैन । त्यसका विरुद्धमा छौं हामी। कसैले आरोप लगाउँदैमा प्रमाणित हुँदैन। यो षड्यन्त्रको कडि हो ।’

    गठबन्धन र नेकपा एसलाई कमजोर बनाउन आएको षड्यन्त्र भएकाले यसको प्रतिवाद गर्न आफूहरु सक्षम रहेको बताए। उनले अदालतको षडयन्त्र पनि चकनाचुर पार्ने घोषणा गरे ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार