Nepal Face
  • बुधबार, २६ कार्तिक २०८३
  • संसदीय समिति सभापतिका लागि निर्वाचन कार्यसूची सार्वजनिक


    बिहिबार, भाद्र ७ २०८०
    1K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । संसदीय समितिको निर्वाचनको कार्यसूची सार्वजनिक भएको छ । आज संसद सचिवालयले समितिका सभापतिको निर्वाचनका लागि कार्यसूची सार्वजनिक गरेको हो ।

    सचिवालयले सार्वजनिक गरेको कार्यसूचीअनुसार निर्वाचनको अघिल्लो दिन भदौं १० गते ११ देखि ४ बजेससम्म उम्मेदवारी प्रस्ताव दर्ता गर्ने समय तोकिएको छ । सोही दिनको साढे ४ बजे दर्ता भएका प्रस्तावको दर्ताक्रम अनुसार सूची प्रकाशन गर्ने कार्यसुची रहेको छ ।

    भदौ ११ गते दिउँसो ३ बजे सम्बन्धित समितिको बैठकमा प्रस्तावकले प्रस्ताव प्रस्तुत गर्ने, समर्थकले सम्बन्धित प्रस्तावको समर्थन गर्ने र उक्त प्रस्तावहरु निर्णयार्थ प्रस्तुत गर्ने कार्यसुची रहेको छ । आज सभामुख र प्रमुख सचेतकहरुको छलफलअनुसार भदौ ११ गते १० वटा संसदीय समितिका सभापतिको निर्वाचन गर्ने सहमति भएको थियो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार