Nepal Face
  • आइतबार, १० साउन २०८३
  • अध्यागमन विभागका महानिर्देशक झलकराम अधिकारी मन्त्रालय तानिए


    बिहिबार, भाद्र ७ २०८०
    2.1K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । सुन तस्करी प्रकरणमा जोडिएका अध्यागमन विभागका महानिर्देशक झलकराम अधिकारीलाई गृह मन्त्रालयले मन्त्रालयमा तानेको छ ।

    ६० किलो उक्त सुन तस्करीमा संलग्न भनिएका चिनियाँ नागरिक दावा छिरिङसँग जोडिएर सार्वजनिक रुपमा प्रश्न उठेपछि अधिकारीलाई मन्त्रालयमा तानिएको गृहमन्त्री नारायणकाजी श्रेष्ठका स्वकीय सचिव विजय गौतमले जानकारी दिए ।

    अधिकारी र दावाबीच चिनियाँ सामाजिक सन्जाल वी–च्याटमा कुराकानी भएको सार्वजनिक भएको थियो । दावा भने नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)को हिरासतमा छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार