Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • कर्णाली सरकारद्वारा ५७ जना कर्मचारीको सरुवा


    बिहिबार, भाद्र ७ २०८०
    760
    Shares
    नेपाल फेस
  • ३ मिनेट पाठ
  • सुर्खेत । कर्णाली प्रदेश सरकारले मन्त्रालय, प्रदेश मातहतका विभिन्न कार्यालयमा कार्यरत ५७ जना कर्मचारीहरूको सरुवा निकालेको छ । गत ३२ साउनमा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले निजामती कर्मचारीको सरुवा गरेको स्रोतले जानकारी दियो।

    विशेष गरी सहायकस्तर पाँचौँ तहका कर्मचारीहरूको सुरुवा गरिएको छ भने स्वास्थ्य क्षेत्रका कर्मचारीको पनि कार्य जिम्मेवारीमा हेरफेर गरिएको छ । यस्तै सहायकस्तर छैटौँ, नायब सुब्बा र अधिकृतहरूको पनि सरुवा भएको छ । मुख्यमन्त्रीको कार्यालयले अहिले कार्यरत कार्यालयबाट प्रदेश मातहतकै अर्को कार्यालयमा सुरुवा गरेको हो ।

    भूमि, व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका चारजना कर्मचारीलाई सरुवा गरिएको छ । मन्त्रालयमा लामो समयदेखि कार्यरत अधिकृत राजेन्द्र पौडेललाई योजना आयोगमा सुरुवा गरिएको छ ।

    योजना आयोगमा कार्यरत अधिकृत सुनिल लिम्बुलाई पौडेलको ठाउँमा ल्याइएको छ । लिम्बुले आयोगमा हुँदा निमित्त कार्यालय प्रमुख भएर समेत काम गरेका थिए भने त्यसअघि उनी सामाजिक विकास मन्त्रालयमा थिए ।

    मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा कार्यरत शाखा अधिकृत नृपजङ्ग शाहीलाई कानुन मन्त्रालयमा कामकाजका रूपमा पठाइएको छ । भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालयका पनि तीन जना कर्मचारीलाई सरुवा गरिएको छ । सरुवा हुनेमा एक जना शाखा अधिकृत, एक जना अधिकृत र एक जना सहायक रहेका छन् । शाखा अधिकृत जनकबहादुर हमाललाई प्रदेश सभा सचिवालयमा कामकाजका लागि खटाइएको छ भने भीमबहादुर कार्कीलाई भूमि, व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयमा पठाइएको छ ।

    यस्तै अर्थ मन्त्रालयका चार जना कर्मचारीको सरुवा गरिएको छ । अर्थ मन्त्रालयका दीपक प्रसाद शर्मालाई जलस्रोत मन्त्रालयमा पठाइएको छ भने गणेश प्रसाद श्रेष्ठ र जनक चपाइलाई प्रदेश अस्पताल सुर्खेतमा पठाइएको छ । यस्तै अर्थ मन्त्रालयकी कम्प्युटर सहायक इन्द्राकुमारी शाहीलाई प्रदेश वन निर्देशनालयमा पठाइएको छ ।

    सबैभन्दा बढी सामाजिक विकास मन्त्रालयका पाँच वटा कर्मचारीको सुरुवा गरिएको छ । अन्य स्वास्थ्य संस्थाका कर्मचारीको पनि कार्यालय हेरफेर गरिएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ ।

    जिल्लामा रहेका प्रदेश सरकार मातहतका कार्यालयका कर्मचारीको पनि हेरफेर गरिएको छ । पूर्वाधार विकास कार्यालय सल्यानमा कार्यरत टेकबहादुर क्षेत्रीको डिभिजन वन कार्यालय सल्यानमा सरुवा गरिएको छ ।

    कृषि विकास कार्यालय हुम्लामा कार्यरत वीरेन्द्र बहादुर माझिलाई सामाजिक विकास मन्त्रालयमा तानिएको छ ।

    शिक्षा विकास निर्देशनालयका दीपेन्द्रबहादुर शाहीलाई लोक सेवा आयोगमा पठाइएको छ भने लोक सेवा आयोगका भीमबहादुर गुरुङलाई स्वास्थ्य सेवा निर्देशनालयमा पठाइएको छ ।

    हेर्नुहोस् मुख्यमन्त्री तथा मन्त्रिपरिषद्ले सरुवा गरेका कर्मचारीको विवरण

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार