Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • सुदूरपश्चिममा २ दिन सार्वजनिक बिदा


    बुधबार, भाद्र ६ २०८०
    1.7K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं। सुदूरपश्चिम प्रदेशमा २ दिन सार्वजनिक बिदा दिइएको छ । भदौ ७ र ८ गते गौरा पर्वका अवसरमा प्रदेश सरकारले सार्वजनिक बिदा दिएको हो ।

    गौरा पर्व सुदूरपश्चिमको पहाडी समुदायले मनाउने सबैभन्दा लोक पर्व हो । गौरा पर्व शुक्ल पञ्चमीका दिन ५ प्रकारका गेडागुडी भिजाएर तामाको भाँडोमा राखेसँगै विधिवत् रूपमा सुरु हुन्छ ।

    पौराणिक कालमा हिमालय पुत्री गौरीले कठोर व्रत बसेर भगवान शिवलाई पतिका रूपमा पाएको धार्मिक मान्यता रहेको छ । सो जनविश्वास अनुसार गौरा पर्वमा महिलाहरू सौभाग्य प्राप्तिका लागि निराहार व्रत बस्ने प्रचलन रहिआएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार