Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • मोरङमा बेपत्ता शिशु फेला, डाक्टरले नै ५० हजारमा बेचेको खुलासा


    मंगलबार, भाद्र ५ २०८०
    1.2K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । विराटनगरको ग्रीनक्रस अस्पतालबाट बेपत्ता पारिएकी शिशु चिकित्सकले नै बेचेको खुलासा भएको छ। आज मोरङ प्रहरीले शिशु फेला पारेपछि सो खुलासा भएको हो ।

    मोरङको कहटरी-२ की दिलमाया राजवंशीलाई डा.तपेश्वरलाल कर्णले शिशु दिएको प्रहरीले बताएको छ । उनले ५० हजार रुपैयाँमा शिशु बिक्री गरेको देखिएको प्रहरीले जनाएको छ ।

    शिशुलाई बेपत्ता पारेको आरोपमा प्रहरीले शिशुकी आमाको प्रेमी र चिकित्सकलाई शुक्रबार पक्राउ गरेको थियो । पक्राउ परेलगत्तै डा. कर्ण अस्पताल भर्ना भएका थिए । तर, प्रहरीले आज अस्पतालबाट प्रहरी कार्यालयमा लगेको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार