Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • ओली यही वर्ष पक्राउ पर्ने मेटमणि चौधरीको दाबी


    मंगलबार, भाद्र ५ २०८०
    1.5K
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौं । नेकपा एकीकृत समाजवादीका प्रमुख सचेतक मेटमणि चौधरीले नेकपा एमाले अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली यही वर्ष पक्राउ पर्ने दाबी गरेका छन् । मंगलबार संसद भवनबाहिर सञ्चारकर्मीसँग कुरा गर्दै उनले अध्यक्ष ओली सुन तस्करीमा संलग्न रहेको आरोप लगाउँदै यस्तो बताएका हुन् ।

    पक्राउ पर्ने डरले ओलीले संसद अवरुद्ध गरिरहेको बताउँदै उनले भने, ‘मैले राष्ट्रपति निवासमा आज गृहमन्त्रीसँग भने सारा दुनियाँले विश्वभरका मानिसले नेपालको होइन, यो सुन काण्डमा केपी ओलीको नाम आइसकेको छ, जति काण्ड छन् सबै काण्डमा केपी ओली एक नम्बरमा छन् । हामीले गृहमन्त्रीलाई किन पक्राउ परेका छैनन् भनेर सोधिरहेका छौं । केपी ओली चाँडै पक्राउ पर्दैछन्, त्यसकै डरले केपी ओलीले संस्द अवरोध गर्ने बखेडा झिकिरहेका छौँ । यही वर्षमा यही उमेरमा केपी ओलीलाई समात्छ । मैले जे बोल्छु, त्यो हुन्छ, त्यो नै राजनीतिक कोर्ष अघि बढ्छ ।’

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार