काठमाडौँ। प्रमुख प्रतिपक्षी नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले अस्वस्थताको कारण देखाउँदै नआएपछि सर्वदलीय बैठक स्थगित भएको छ।
आज मंगलबारको बैठकमा कार्यदलले मस्यौदा बुझाउने र सर्वदलीय बैठकले त्यसलाई अन्तिम रूप दिने सोमबार रातिको सर्वदलीय बैठकमा सहमति जुटेको थियो।
तर मंगलबार दिउँसो २ बजेलाई बोलाइएको बैठकमा अध्यक्ष ओली आउन नसकेको एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङले बताए।
‘अध्यक्षले हामीलाई बिरामी छु केही ढिला हुन्छ होला भनेर खबर गर्नु भएको थियो,’ नेम्वाङले भने, ‘मैले प्रधानमन्त्रीलाई त्यही जानकारी गराएको थिएँ।’
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अध्यक्ष ओलीलाई बैठकस्थलबाटै २ पटक फोन गरेको र अन्तिममा बुधबार बैठक बसौं भन्ने प्रस्ताव गरेको नेम्वाङले बताए।
‘सुरूमा त प्रधानमन्त्रीज्यूले पर्खने कुरा गर्नुभएको थियो। तर अध्यक्षसँग कुरा भएपछि उहाँले समय लाग्ने भयो। ४ बजे प्रधानन्यायाधीशको शपथ छ, भोलि बिहान ११ बजे बसौं भन्नुभयो,’ नेम्वाङले भने।
बैठक स्थगित भएपछि राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले शीर्ष नेताहरूको बैठकमा साक्षी बस्नु भनेको बदनाम हुनुमात्र रहेको टिप्पणी गरे।
काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले सीमा क्षेत्रको अनुगमनलाई थप प्रभावकारी बनाउन अब गृहमन्त्री स्वयं स्थलगत निरीक्षणमा जाने अभ्यासभन्दा विशेष टोलीमार्फत निगरानी गर्ने व्यवस्था अघि...
काठमाडौँ । पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का सहसंयोजक माधवकुमार नेपालले वामपन्थी दलहरू पनि मुलुकको राजनीतिमा देखिएका कमजोरी र विकृतिबाट अलग नरहेको बताएका...
काठमाडौं । नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डले नेपालमा दलाइ लामा जन्माउने प्रयास भइरहेको बताएका छन्। शुक्रबार पुष्पलाल मित्रता केन्द्रको कार्यक्रममा बोल्दै प्रचण्डले नेपालको राष्ट्रिय...
काठमाडौँ । संघीय सांसदलाई स्वकीय सचिव नियुक्त गर्ने सुविधा दिने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा दुईवटा रिट निवेदन दर्ता भएका छन्। अधिवक्ता डा. प्रेमराज सिलवाल र...
काठमाडौँ। चलिरहेको मोटरसाइकलमा उभिएर यात्रा गरेको भिडियो सार्वजनिक भएपछि राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का सांसद बब्लु गुप्तामाथि ट्राफिक प्रहरीले कारबाही गरेको छ। ट्राफिक प्रहरी कार्यालय,...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend