Nepal Face
  • आइतबार, १० साउन २०८३
  • रवि लामिछाने भन्छन्- शीर्ष नेताहरूको बैठकमा साक्षी बस्नु भनेको बदनाम हुनुमात्र हो


    मंगलबार, भाद्र ५ २०८०
    1.3K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले शीर्ष नेताहरूको बैठकमा साक्षी बस्नु भनेको बदनाम हुनुमात्र रहेको बताएका छन्।

    सिंहदरबारमा आज पत्रकारहरूसँग कुराकानी गर्दै सभापति लामिछानेले भने, ‘हामीलाई के लाग्यो भने, शीर्ष नेताहरूको बैठकको साक्षी बस्नु भनेको बदनाम हुनुमात्र हो। साक्षी बस्नुको अर्थ देखिएन। हामी छलफल गर्छौं, यो विषय उहाँहरूलाई नै टुंग्याउन दिनुपर्छ।’

    सामान्य विषयलाई पनि तन्काइरहने परम्परामा दलहरू रहेको उनको भनाइ छ। ‘उहाँहरूले नै टुंग्याउनु होला भनेर आफ्नो ढंगले हामी अघि बढ्नुपर्छ भन्ने लागेको छ,’ उनले भने।

    प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सिंहदरबारमा मंगलबार बोलाएको सर्वदलीय बैठक प्रमुख प्रतिपक्षी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली अनुपस्थित भएपछि बस्दै नबसी बुधबारका लागि स्थगित गरिएको थियो।

    ‘ओली अस्वस्थ भएकोले बैठकमा आउन नपाएको’ लामिछानेको भनाइ छ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार