Nepal Face
  • आइतबार, १० साउन २०८३
  • संसद बैठक भोलिसम्मका लागि सूचना टाँसेर स्थगित


    मंगलबार, भाद्र ५ २०८०
    1.2K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । प्रतिनिधि सभाको आज बस्ने भनिएको बैठक स्थगित भएको छ। उक्त बैठक सूचना टाँसेर भोलि ६ भदौ दिउँसो ३ बजेसम्मका लागि स्थगित भएको हो ।

    सुन तस्करीको छानबिनका लागि उच्चस्तरीय समिति गठन गर्न सहमत भएका शीर्ष दलका नेताहरुको बैठक बस्न नसकेपछि संसद बैठक सूचना टाँसेर स्थगित गरिएको हो ।

    एमालेले उच्चस्तरीय छानबिन समिति गठन नभएसम्म संसद चल्न नदिने अडान राख्दै आएको छ । दलहरु समिति गठन गर्न सहमत भए पनि समितिको संरचना र कार्यक्षेत्र टुंगिन बाँकी छ ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार