Nepal Face
  • आइतबार, १० साउन २०८३
  • नारायणी नदीमा डुबेर एकको मृत्यु


    आइतबार, भाद्र ३ २०८०
    1.7K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । नारायणी नदीमा डुबेर एक युवकको मृत्यु भएको छ । नवलपरासी (बर्दघाट सुस्तापूर्व) को कावासोतीस्थित नारायणी नदीमा माछा मार्न गएका देवचुली नगरपालिका–११ का २० वर्षीय मङ्गलसिंह पुलामीको डुबेर मृत्यु भएको हो ।

    शनिबार दिउँसो माछा मार्ने क्रममा नदीमा डुबेर बेपत्ता भएका पुलामीको आज शव फेला परेको प्रहरीले जनाएको छ । घटनास्थलबाट शव निकालेपछि स्थानीयवासीले प्रहरीलाई खबर गरेको प्रहरीले बताएको छ ।

    लोकाह खोला र नारायणीको दोभानमा माछा मार्न नदीमा जाल फाल्दा लतारिएर रहमा डुबेको प्रत्यक्षदर्शीले बताइएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार