Nepal Face
  • बुधबार, १२ कार्तिक २०८३
  • रुसी अन्तरिक्ष यान चन्द्रमामा दुर्घटनाग्रस्त


    आइतबार, भाद्र ३ २०८०
    1.4K
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • एजेन्सी। चन्द्रमा मिसनका लागि पठाइएको रुसको लुना-२५ अन्तरिक्ष यान दुर्घटनामा परेको छ । उक्त अन्तरिक्ष यान घुम्ने क्रममा नियन्त्रण बाहिर गएको रुसी अन्तरिक्ष संस्था रस्मोकसले जनाएको छ ।

    चन्द्रमाको दक्षिणी ध्रुवको सतहमा अवतरण गर्नुअघि यान दुर्घटनामा परेको थियो । रुसको यो ५० वर्षपछिको पहिलो चन्द्रमा मिसन थियो । निर्धारित समय अनुसार रुसको यो यान सोमबार चन्द्रमाको सतहमा अवतरण गर्नुपर्ने थियो । यो मिसनको उद्देश्य दक्षिणी ध्रुवमा चन्द्रामाको सतहमा पानी जमेको वा अन्य महत्त्वपूर्ण खनिजहरू हुनसक्ने अनुमानबारे अध्ययन गर्नु थियो ।

    स्थानीय समय अनुसार शनिबार २ बजेर ५७ मिनेटपछि लुना-२५ को सम्पर्क टुटेको थियो । ‘ अकल्पनीय कक्षमा यान पुग्यो चन्द्रमाको सतहमा पुगेर दुर्घटनाग्रस्त भयो,’ रस्मोकसले भनेको छ ।

    दक्षिणी ध्रुवमा भारतभन्दा पहिला पुग्ने रुसको यो होड असफल भएको छ । भारतले आफ्नो चन्द्रयान-३ यसै साता चन्द्रामाको सतहमा अवतरण गराउँदै छ ।

    हालसम्म चन्द्रमाको दक्षिणी ध्रुवमा कुनै पनि मुलुकले आफ्नो अन्तरिक्षयानलाई सफलतापूर्वक अवतरण गराएका छैनन् ।

    गत अगस्ट १० मा प्रक्षेपण गरिएको लुना-२५ चन्द्रमाको कक्षमा ६ दिनपछि पुगेको थियो ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार