Nepal Face
  • आइतबार, १० साउन २०८३
  • यूईएफए बेस्ट प्लेयर अफ दी इयरको मनोनयनमा मेस्सी, हालान्ड र डे ब्रुना


    शुक्रबार, भाद्र १ २०८०
    1.2K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । यूईएफए बेस्ट प्लेयर अफ दी इयरका लागि तीनजनाको मनोनयन सार्वजनिक भएको छ । अर्जेन्टिनाका लियोनल मेस्सी मेस्सी, नर्वेका एर्लिङ हालान्ड र बेल्जियमका केभिन डे ब्रुना मनोनयनमा परेका हुन् ।

    गत सिजन हालान्ड र डे ब्रुनाकै महत्वपूर्ण प्रदर्शनमा म्यान चेस्टर सिटीले युरोपियन च्याम्पियन्स लिग, इङ्लिस प्रिमियर लिग र एफए कपको उपाधि जितेको थियो । हालान्डले प्रिमियर लिग फुटबलमा सर्वाधिक गोलकर्ताको कीर्तिमान पनि बनाएका थिए ।

    मेस्सीले गत सिजन फ्रान्सको घरेलु लिग जितेका थिए भने विश्वकप पनि हात पारेका थिए । विगतमा मेस्सीले दुईपटक यो अवार्ड हात पारेका छन् । हालान्ड र डे ब्रुनाले जित्न सकेका छैनन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार