Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • उत्तराखण्डमा घर भत्किँदा दुई नेपालीको मृत्यु


    बिहिबार, साउन ३२ २०८०
    1.6K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । भारतको उत्तराखण्डको चामोली जिल्लाको हेलाङमा घर भत्किँदा दुई नेपाली नागरिकको मृत्यु भएको छ । घटनामा अन्य पाँच जना घाइते भएका छन् ।

    भारतीय सञ्चारमाध्यमका अनुसार मंगलबार राति करिब ८ बजे दुई तले घर भत्किँदा घरमा सात जना बासिरहेका थिए । घटना लगत्तै उद्धारको काम सुरु गरिएको थियो ।

    उनीहरू मध्ये एक जनाको घटनास्थलमा नै मृत्यु भएको थियो भने एक जनाको बुधबार बिहान उपचारको क्रममा मृत्यु भएको बताइएको छ । क्रसर उद्योग नजिक बनाइएको उक्त घरमा त्यहाँको कामदार बस्ने गरेका थिए । मृतकको नाम १९ वर्षीय अनमोल र २१ वर्षीय प्रिन्स भनेर मात्र खुलाइएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार