Nepal Face
  • आइतबार, १० साउन २०८३
  • सिटीले जित्यो यूईएफए सुपर कपको उपाधि


    बिहिबार, साउन ३२ २०८०
    1.4K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । म्यानचेस्टर सिटीले यूईएफए सुपर कपको उपाधि जितेको छ । गए राति भएको खेलमा सेभियालाई ५–४ ले पराजित गर्दै सिटी च्याम्पियन बनेको हो ।

    खेल निर्धारित समयमा १–१ गोलको बराबरीमा सकिएको थियो । टाइब्रेकरमा सिटीका एर्लिङ हालान्ड, जुलियन अल्भारेज, माटियो कोभासिस, ज्याक ग्रेलिस र केल वाल्करले गोल गर्न सफल भए ।

    सेभियाका नेमान्जा गुडेल्जले अन्तिम प्रहारमा गोल गर्न सकेनन् । लुकास ओकम्पास, राफा मिर, इभान राकिटिच र गोन्जालो मोन्टेलले गोल गर्न सफल भए । यूईएफए सुपर कप यूईएफए च्याम्पियन्स लिग विजेता र यूईएफए युरोपा लिग च्याम्पियनबीच हरेक वर्ष हुने गर्दछ ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार