Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • ललिता निवास प्रकरणका दुई आरोपी रिहा, अन्य आरोपितलाई थप पाँच दिन हिरासतमा राख्न अनुमति


    बुधबार, साउन ३१ २०८०
    1.5K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । ललिता निवास जग्गा प्रकरणमा अनुसन्धानका लागि थुनामा रहेका आरोपीमध्ये दुई जना रिहा भएका छन् । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को हिरासतमा रहेका मालपोत कार्यालयका तत्कालिन प्रमुख धर्म गौतम र समरजंग कम्पनीका पूर्वप्रमुख लोकहरि घिमिरेलाई जिल्ला अदालत काठमाडौंले रिहा गर्न आदेश दिएको हो ।

    उनीहरुलाई उमेर र स्वास्थ्यको कारण देखाएर रिहा गर्न आदेश दिएको ब्यूरोले बताएको छ । सीआईबीको हिरासतमा रहेका अन्य आरोपितलाई भने जिल्ला अदालतले पाँच दिन थप हिरासतमा राख्न अनुमति दिएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार