Nepal Face
  • शुक्रबार, ८ साउन २०८३
  • संसद विघटन गरेर प्रतिक्रियावादीहरुको ठूलो षड्यन्त्र असफल पारेको ओलीको दाबी


    मंगलबार, साउन ३० २०८०
    2.1K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौैं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेर प्रतिक्रियावादीहरुको ठूलो षड्यन्त्र असफल पारेको दाबी गरेका छन् । आज नेकपा एमालेको बागमती प्रदेश कमिटीको प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

    प्रतिनिधिसभा विघटन गरेपछि पार्टीको केन्द्रीय कमिटी विस्तार, प्रदेश तथा जिल्ला कमिटीको पुनर्गठन, जनवर्गीय संगठनहरुको पुनर्गठन गरेर प्रतिनिधिसभा पुनर्स्थापना हुँदासम्म फेरि मजबुत शक्तिको रुपमा रहन सफल भएको उनको भनाइ छ ।

    ओलीले प्रतिनिधिसभा विघटन त्यस बेलाको अपरिहार्यता भएको उल्लेख गर्दै सो कदम राजनीतिक, संवैधानिक र संसदीय भएको जिकिर गरे ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार