Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • आज सुनको मूल्य स्थिर हुँदा चाँदीको बढ्यो


    मंगलबार, साउन ३० २०८०
    1.8K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं। साताको तेस्रो कारोबार दिन मंगलबार नेपाली बजारमा सुनको मूल्य स्थिर छ ।

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यस दिन छापावाल सुन तोलाको एक लाख ११ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ । छापावाल सुन सोमबार पनि यही मूल्यमा कारोबार भएको थियो ।

    तेजाबी सुन तोलाको एक लाख १० हजार ७५० रुपैयाँमा कारोबार भइरहेको छ ।

    चाँदीको मूल्य भने बढेको छ । चाँदी तोलाको एक हजार ३८० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार