काठमाडौं । पोचुर्गिज कप्तान क्रिस्टियानो रोनाल्डोको टिम अल नासर साउदीले प्रो लिग २०२३–२४ को पहिलो खेलमै हार व्यहोर्नु परेको छ ।
अल नासर सोमबार राति भएको खेलमा साविक विजेता समेत रहेको अल–इत्तिहादसँग २–१ ले पराजित भएको हो । घरेलु मैदान प्रिन्स मोहम्मद बिन फहद रंगशालामा भएको खेलमा इत्तिहादले पहुना टिमले बनाएको १–० को अग्रता उल्ट्याउँदै जित निकालेको हो ।
इत्तिहादको जितमा रोबिन क्वेसन र मोउसा डेम्बेलेले गोल गरे । अल–नासरका लागि साडियो मानेले गोल गरेका थिए । खेलको चौथो मिनेटमा मानेको गोलबाट नासरले अग्रता बनाएको थियो । यही गोलमा नासरले पहिलो हाफसम्म साविक विजेताविरुद्ध १–० को अग्रता बनाएको थियो ।
तर, ४७औँ मिनेटमा क्वेसनले गोल गर्दै इत्तिहादलाई खेलमा फर्काएका थिए । त्यसको पाँच मिनेटपछि नै डेम्बेलेले गोल गर्दै इत्तिहादलाई २–१ को अग्रतामा राखे । यसपछि दुवै टिमबाट गोल हुन नसक्दा इत्तिहादले नयाँ सिजनको सुखद सुरुआत गर्यो ।
यसैगरी जितसँगै पहिलो खेलबाट तीन अंक जोडेको इत्तिहाद तालिकको शीर्ष स्थानमा उक्लिएको छ । पहिलो खेलमै हार व्यहोेरेको रोनाल्डोको टिम १२औँ स्थानमा छ । इ
काठमाडौं। फिफा विश्वकप २०२६ अन्तर्गतको अन्तिम क्वाटरफाइनल खेलमा अर्जेन्टिनाले स्विट्जरल्यान्डलाई पराजित गर्दै सेमीफाइनल प्रवेश गरेको छ। कान्सास सिटी स्टेडियममा भएको खेलमा अर्जेन्टिनाले स्विट्जरल्यान्डलाई ३-१...
काठमाडौँ। प्रतिनिधि सभा सदस्य रमेश मल्लले नेपाल फुटबल संघ ९एन्फा० माथि अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा) ले लगाएको निलम्बन सरकारको अदूरदर्शिता र खेलकुद संस्थामा गरिएको...
काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)पदाधिकारीलाई विदेश यात्रामा अवरोध नगर्न उच्च अदालत पाटनले आदेश जारी गरेको छ। अदालतका न्यायाधीशद्वय गणेशप्रसाद बराल र तेजेन्द्रप्रसाद शर्मा...
काठमाडौँ। अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा) ले अखिल नेपाल फुटबल संघ (एन्फा) लाई अनिश्चितकालका लागि निलम्बन गरेको छ। फिफा काउन्सिल ब्युरोले बुधबार फिफा विधानको धारा १६...
काठमाडौं । अष्ट्रियाले फिफा विश्वकप-२०२६ मा विजयी सुरुवात गरेको छ । अमेरिका क्यार्लिफोर्नियास्थित सान फ्रान्सिस्को वे एरिया रङ्गशालामा बुधवार भएको आफ्नो पहिलो खेलमा अष्ट्रियाले...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend