एजेन्सी ।अमेरिकाको हवाईमा लागेको भीषण डढेलोमा जलेका घरहरू र सवारी साधनहरू अत्याधिक भएपछि त्यहाँको स्थिति थप चिन्ताजनक देखिएको छ।
उद्धार टोलीहरूले प्रतिदिन १० देखि २० थप पीडितहरू फेला पार्न सक्ने सम्भावना रहेको त्यहाँको गभर्नरले चेतावनी दिएका छन्। यसलाई बितेको एक शताब्दीमा अमेरिकाको सबैभन्दा घातक डढेलोको रुपमा लिइएको छ ।
अहिलेसम्म मृत्यु हुनेको संख्या बढेर ९६ पुगेको छ । हवाईका गभर्नर जोस ग्रीनले सीबीएस न्यूजलाई दिएको जानकारीअनुसार मृत्युको पूर्ण संख्या जान्न अझै १० दिन लाग्ने छ । उनले डढेलोमा परेर बेपत्ता हुनेको संख्या करिब १ हजार ३ सय पुगेको बताए । उनले भने, ‘आगलागीबाट लहैना सहर पूरै जलेर नष्ट भएको छ । विनाश बाहेक हेर्नका लागि केही छैन ।’
उनका अनुसार लाहाइनाका सबै १३ हजार मानिसहरूको घर जलेपछि सम्भवतः आगोबाट बच्न भागेका वा मरेका हुन सक्छन् ।
एजेन्सी । भारतको मध्य प्रदेशमा नक्कली मदिरा सेवनबाट पछिल्ला केही दिनमा करिब १५ जनाको मृत्यु भएको छ भने १०० भन्दा बढी व्यक्ति सरकारी अस्पतालमा...
काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको युद्धमा अमेरिकाले विजय हासिल गरेपछि तेलको मूल्य तीव्र रूपमा घट्ने र पेट्रोलको मूल्य प्रतिग्यालन दुई अमेरिकी डलरभन्दा...
काठमाडौँ । पोर्चुगलका स्टार फुटबलर क्रिस्टियानो रोनाल्डो र उनकी लामो समयदेखिकी प्रेमिका जर्जिना रोड्रिग्वेजले विवाह गरेका छन्। उनीहरूले मंगलबार पोर्चुगलको कास्काइसमा एक निजी नागरिक समारोहबीच...
काठमाडौँ । कोलम्बियाको पश्चिमी क्षेत्रमा सोमबार गएको ७.४ म्याग्निच्युडको शक्तिशाली भूकम्पमा परी मृत्यु हुनेको सङ्ख्या १८८ पुगेको छ । कोलम्बियन एसोसिएसन अफ क्यापिटल सिटीजले मंगलवार...
काठमाडौं । कोलम्बियामा ७.४ म्याग्निच्युडको शक्तिशाली भूकम्प जाँदा कम्तीमा १३२ जनाको मृत्यु भएको छ । सयौं मानिस अझै बेपत्ता छन् । सरकारले प्रारम्भिक रूपमा १११...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend