Nepal Face
  • शुक्रबार, ८ साउन २०८३
  • सरकारले पाकिस्तानी मोडेलको राजनीति शुरु गर्‍यो : ओली


    शनिबार, साउन २७ २०८०
    1.6K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारले पाकिस्तानी मोडेलको राजनीति शुरु गरेको बताएका छन् । गुरु प्रसाद लुइँटेल अध्ययन तथा विकास केन्द्रले आज काठमाडौंमा आयोजना गरेको कार्यक्रममा अध्यक्ष ओलीले यस्तो बताएका हुन् ।

    उनले भने, ‘मैले हिजो प्रधानमन्त्रीलाई पनि भनेको छु, तपाईँहरूले पाकिस्तानी मोडेलको राजनीति शुरु गर्नुभयो, यसको अन्त्य यहाँ हुँदैन । धेरै नहौसिन भनेर मैले भनेको छु । सुन तस्करीको विरोध गर्दा सुनिल शर्माले स्कुल पढ्दाको कुरा उठाएर गिरफ्तार गरिएको छ । यो भन्दा नांगो नाच के हुन सक्छ ?’

    अध्यक्ष ओलीले सुनिल शर्माको गिरफ्तारी सामान्य घटना नभएको भन्दै विरोधमा बोल्नेलाई हतकडी लगाउने राजनीतिक प्रचण्ड र नारायणकाजी श्रेष्ठले शुरु गरेको बताए । उनले यो शुरुआतमात्र भएको भन्दै यसले गम्भीर मोड लिन बाँकी रहेको दाबी गरे ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार