काठमाडौं। करिब १ सय किलो सुन तस्करी प्रकरणमा हालसम्म १७ जना प्रहरीको फन्दामा परेका छन्।
उक्त सुन प्रकरणको सुरूमा अनुसन्धान गरेको राजश्व अनुसन्धान विभागले केही समयको अध्ययनपछि सो फाइल केन्द्रीय अनुसन्धान ब्युरो(सिआइबी)को जिम्मा लगाएको थियो।
सो प्रकरणमा हालसम्म पटकपटक गरी जम्मा १७ जना सिआइबीको हिरासतमा रहेका छन् भने सिआइबीले पनि अन्य व्यक्तिहरूमाथि अनुसन्धान र खोजि कार्य गरिरहेको छ।
सो पक्ररणमा पक्राउ परेकि भन्सार एजेन्ट रूक्मिना सुब्बा अस्वस्थ्य हुँदा हाजिरी जमानीमा रिहा भएकी थिइन् भने भन्सार अधिकृत सन्तोष चन्द, खरिदार कुमार ढकाल र एक्सरे अपरेटर सरोज श्रेष्ठलाई राजस्व अनुसन्धान विभागले नै पक्राउ गरेको थियो। उनीहरूलाई भन्सार विभागले निलम्बनसमेत गरिसकेको छ।
यस्तै, भन्सार एजेन्टहरू सुदर्शन गौतम, यादवशंकर पराजुली, राजेन्द्र राई, ग्लोबल प्रालिका सञ्चालक पुष्करराज भट्ट, कृष्ण श्रेष्ठ, राजन श्रेष्ठ, सवारी चालक अशोक लामा, रेडी ट्रेड प्रालिका सञ्चालक दिलीप भुजेल, रामकुमार भुजेल, हर्कराज राई र सुरेन्द्र तामाङ अहिले सिआइबीको हिरासतमा रहेका छन्।
त्यस्तै, बेल्जियन नागरिक दावा छिरिङ, भारतीय नागरिक थाप्तेन छिरिङ र चिनियाँ नागरिक लिन जेछियाङ पनि हिरासतमै रहेका छन्।
काठमाडौं । तोकिएको समयमा काम नगरी विकास निर्माणका काम अलपत्र पार्ने २२ निर्माण ब्यवसायीको ठेक्का तोडिएको छ । डिभिजन सडक कार्यालय चरिकोट, दोलखाले समयमा...
काठमाडौं । पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई थुनुवा कक्षमा भेटेबापत सशस्त्र प्रहरी बल नेपालका दोस्रो वरियताका एआइजी बंशी दाहाल निलम्बनमा परेका छन् । उनी एक सातापछि...
जनकपुरधाम । आगामी स्थानीय निर्वाचनलाई लक्षित गर्दै धनुषाको विदेह नगरपालिकामा मेयर पदका सम्भावित आकांक्षीबारे चर्चा सुरु भएको छ । निर्वाचनको औपचारिक प्रक्रिया अघि बढ्न...
पच्चीस बर्षदेखि सुदूर पश्चिम प्रदेशमा ग्यास उद्योग सञ्चालन गर्नुभएका दिवान चन्द अहिले एलपी ग्यास उद्योग संघका अध्यक्ष हुनुहुन्छ । उहाँको रेडियन्ट ब्राण्डको ग्यास कम्पनी...
काठमाडौं । उज्यालो नेपाल पार्टीका अध्यक्ष तथा पूर्व ऊर्जा मन्त्री कुलमान घिसिङले विद्युतीय खरिद प्रणाली (ई–जीपी) मा साइबर सुरक्षा जोखिम देखिएको भन्दै यसलाई अनिश्चितकालका...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend