Nepal Face
  • शनिबार, ८ कार्तिक २०८३
  • एक क्विन्टल सुन प्रकरणमा पक्राउ परेका रोहन रिहा भए


    शनिबार, साउन २७ २०८०
    1.3K
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौं । एक क्विन्टल सुन प्रकरणमा पक्राउ परेका रोहन अडुकिया रिहा भएका छन् । बिनाकसुर २१ घण्टा अध्यामगनको हिरासतमा रहेका उनी आज बिहान १० बजे अध्यागमनबाट रिहा भएका हुन् । भारतको नयाँ दिल्लीबाट आउने क्रममा उनी शुक्रबार दिउँसो १ बजेदेखि अध्यागमनको नियन्त्रणमा रहेका थिए ।

    ‘क्विन्टल सुन’ प्रकरणमा नाम जोडिएको भन्दै अध्यागमन विभागले उनलाई कालोसूचीमा राखेको थियो । तर उक्त प्रकरणमा उनी नजोडिएको हुँदा अनुसन्धान हुन नसक्ने प्रहरीले जानकारी गराए पनि अध्यागमनले २१ घण्टा नियन्त्रणमा राखेको थियो ।

    रोहन व्यवसायी राकेश अडुकियाका छोरा हुन् । उनलाई अहिले बिहान १० बजे परिवारको जिम्मा लगाइएको छ ।

    “बिनाकसुर २१ घण्टा नियन्त्रणमा राखेर अहिले मुक्त गरिएको छ,” राकेश अडुकियाले भने, “किन राखियो २१घण्टा भन्ने कसैले जानकारीसम्म दिएन ।” आफ्नो छोरा लण्डनमा अध्ययन गर्ने भएकाले आउने जाने भइरहने राकेश बताउँछन् ।

    “अध्ययन गर्ने लण्डनमै हो । आउने जाने भइरहन्छ,” अडुकियाले भने, “विदेशमा पढेपछि बेला बेलामा आउने जाने भइरहन्छ । अब त कुनै देशमा जानुपर्दा सोच्नुपर्ने अवस्था आयो ।”

    पछिल्लोपटक सरकार र मिडियाले देखाएको व्यवहारले धेरै व्यवसायी त्रासमा रहेको उनको भनाइ छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार