Nepal Face
  • आइतबार, १० साउन २०८३
  • सिङ्गापुरमा लागुऔषध कारोबार गर्ने ४९ जना पक्राउ


    शनिबार, साउन २७ २०८०
    1.3K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • सिङ्गापुर । सिङ्गापुरको सेन्ट्रल नार्कोटिक्स ब्युरोले लागुऔषध कारोबारको आशङ्कामा ४९ जनालाई नियन्त्रणमा लिएको छ । हालै गरेको अपरेसनमा सेन्टोसा टापुको एउटा होटेल भिलामा ती संदिग्धहरू पक्राउ परेका हुन् ।

    ती ४९ संदिग्धहरू २१ देखि ४६ वर्ष उमेर समूहका छन् । जसमध्ये ३५ सिङ्गापुरीहरू रहेको बताइएको छ ।

    कारबाहीका क्रममा एक्स्टेसी र केटामाइन लगायतका नियन्त्रित लागुऔषध र लागुऔषध सामग्री बरामद गरिएको पनि बताइएको छ।

    यस बारे थप अनुसन्धान जारी छ । सिन्ह्वा

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार