काठमाडौं । सरकारले ‘गौर हत्याकाण्ड’को छानबिन गरी अपराधीलाई कारबाही गर्ने र पीडितलाई न्याय दिने सहमति गरेसँगै सत्तारूढ दल जनता समाजवादी पार्टी नेपाल (जसपा) त्यसको विरोधमा उत्रेको छ ।
न्यायको माग गर्दै आन्दोलनमा रहेको पीडित संघर्ष समितिका संयोजक रूपसागरदेवी उपाध्यायलगायतका आन्दोलनकारीसँग प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भेटघाट गरी पीडित परिवारलाई न्याय दिने प्रतिबद्धता व्यक्त गरेका थिए । सोहीअनुसार गृह मन्त्रालयले संघर्ष समितिसँग गत मंगलबार सहमति गरेको थियो ।
सहमतिपत्रमा घटनाको छानबिन गरी अपराधीलाई कारबाही गर्ने, पीडित परिवारलाई न्याय दिनेलगायतका विषय उल्लेख गरिएको छ । सो सहमति भएको पत्र सार्वजनिक भएपछि जसपा अध्यक्ष उपेन्द्र यादव आत्तिएका छन् ।
किनभने यादवसहितका नेताविरुद्ध किटानी जाहेरी परेको छ । पीडित परिवारले यादवकै योजना एवं निर्देशनमा २८ जनाको हत्या हुनेगरी गौर हत्याकाण्ड भएको बताउँदै आएको छ ।
गौर हत्याकाण्डका पीडितसँग सरकारले सहमति गरेको पत्र पढेपछि यादवले पार्टीको विशेष बैठक बुधबार बोलाएका थिए । बैठकमा यादवले प्रधानमन्त्री प्रचण्डले गौर हत्याकाण्डको छानबिन गरेर आफूहरूलाई जेल पठाउन खोजेको र अब सरकारको विकल्पबारे अगाडि बढनुपर्ने धारणा राखेका थिए । यो समाचार आजको राजधानी दैनिकमा प्रकाशित छ ।
काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले सीमा क्षेत्रको अनुगमनलाई थप प्रभावकारी बनाउन अब गृहमन्त्री स्वयं स्थलगत निरीक्षणमा जाने अभ्यासभन्दा विशेष टोलीमार्फत निगरानी गर्ने व्यवस्था अघि...
काठमाडौँ । पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का सहसंयोजक माधवकुमार नेपालले वामपन्थी दलहरू पनि मुलुकको राजनीतिमा देखिएका कमजोरी र विकृतिबाट अलग नरहेको बताएका...
काठमाडौं । नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डले नेपालमा दलाइ लामा जन्माउने प्रयास भइरहेको बताएका छन्। शुक्रबार पुष्पलाल मित्रता केन्द्रको कार्यक्रममा बोल्दै प्रचण्डले नेपालको राष्ट्रिय...
काठमाडौँ । संघीय सांसदलाई स्वकीय सचिव नियुक्त गर्ने सुविधा दिने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा दुईवटा रिट निवेदन दर्ता भएका छन्। अधिवक्ता डा. प्रेमराज सिलवाल र...
काठमाडौँ। चलिरहेको मोटरसाइकलमा उभिएर यात्रा गरेको भिडियो सार्वजनिक भएपछि राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का सांसद बब्लु गुप्तामाथि ट्राफिक प्रहरीले कारबाही गरेको छ। ट्राफिक प्रहरी कार्यालय,...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend