Nepal Face
  • शनिबार, २७ भाद्र २०८३
  • अर्घाखाँचीमा बाँदर लखेट्न जाँदा आफैँले बाेकेकाे बन्दुक पड्किएर एक जनाकाे मृत्यु


    शुक्रबार, साउन २६ २०८०
    1.4K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • अर्घाखाँची। अर्घाखाँचीकाे भूमिकास्थान नगरपालिका–७ मा आफैँले बाेकेकाे भरुवा बन्दुक पड्किएर एक जनाकाे ज्यान गएको छ ।

    बारीमा बाँदर धपाउन जाने क्रममा आफैँले बाेकेकाे बन्दुक पड्किएर भूमिकास्थान–७ पानडाँडाका ४५ वर्षीय पदम केसीको ज्यान गएकाे जिल्ला प्रहरी कार्यालयका प्रमुख एवम् (डीएसपी) मुकुन्द रिजालले जानकारी दिए । आज बिहान सवा ११ बजेतिर आफैँले बाेकेकाे बन्दुक पड्किएर घाइते भएका केसीको उपचारका लागि ल्याउँदै गर्दा बाटोमै ज्यान गएकाे हाे ।

    भरुवा बन्दुक प्रहरीले नियन्त्रणमा लिएको र घटनाको बारेमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक (इन्स्पेक्टर) कृष्णप्रसाद घिमिरेले बताए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार