Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • तोलामै ७०० रुपैयाँले घट्यो सुनको मूल्य, चाँदीको कति ?


    बिहिबार, साउन २५ २०८०
    1.9K
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौँ । आज नेपाली बजारमा सुनको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघले सुनको मूल्य आज तोलामा ७०० रुपैयाँले घटेको जानकारी दिएको छ । महासंघले आजको मूल्यसूची तय गर्दै एकैदिन सुनको मूल्य ७०० रुपैयाँले घटेको जानकारी दिएको हो ।

    यससँगै, आज छापावाल सुनको मूल्य तोलामा १ लाख ११ हजार ३०० र तेजाबी सुनको मूल्य १ लाख १० हजार ७५० रुपैयाँ कायम छ । हिजो बुधबार छापावाल सुनको मूल्य तोलामा १ लाख १२ हजार र तेजाबी सुनको मूल्य १ लाख ११ हजार ४५० रुपैयाँ कायम थियो ।

    आज पनि तोलामा ७०० रुपैयाँले मूल्य घटेसँगै लगातार चौथो दिन सुनको मूल्य घटेको छ । साताको सोमबार १०० रुपैयाँ, मंगलबार ३०० रुपैयाँ र बुधबार १०० रुपैयाँले मूल्य घटेको हो ।

    यस्तै, महासंघका अनुसार आज चाँदीको मूल्य समेत घटेको छ । १० रुपैयाँले घटेसँगै आज चाँदीको मूल्य तोलामा १३ सय ८० रुपैयाँ कायम छ । हिजो बुधबार चाँदीको मूल्य तोलामा १३ सय ९० रुपैयाँ कायम थियो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार