एजेन्सी। इक्वाडोरमा राष्ट्रपति चुनावका लागि चलिरहेको चुनावी अभियानमा एक उम्मेदवारको हत्या भएको छ। उनको गोली हानी हत्या गरिएको हो ।
देशको राष्ट्रिय सभाका सदस्य फर्नान्डो विलाविसेन्सियोमाथि बुधवार हमला भएको हो । त्यति बेला उनी उत्तरी सहर क्विटोमा एक चुनावी कार्यक्रमबाट निस्किएर आफ्नो कारमा बसिरहेका थिए ।
उनी कारमा बसे लगत्तै उनीमाथि गोली चल्न थाल्यो । उनको चुनावी समूहसँग जोडिएका एक सदस्यले स्थानीय मिडियासँगको कुराकानीमा विलाविसेन्सिया कारमा बसेका बेला एक व्यक्ति अगाडि आएर उनको टाउकोमा गोली हानेको जानकारी दिए ।
राष्ट्रपति गुलेरमो लासोले अपराधीलाई कुनै पनि हालतमा नछोडिने कसम खाए ।
प्रत्यक्षदर्शीका अनुसार ५९ वर्षका विलापिसेन्शियोलाई तीन पटक गोली हानियो । इक्वाडोरको अटोर्नी जनरलले सोसल मिडियामा सुरक्षाकर्मीको तर्फबाट चलेको जवाफी हमलामा संदिग्धलाई गोली लागेको र पछि उनको मृत्यु भएको जानकारी दिए ।
देशका राष्ट्रपति चुनावको पहिलो चरण २० अगस्टबाट सुरु हुनेछ । राष्ट्रपति लासोले आफू यस घटनाले स्तब्ध भएको बताए । उनले देशमा सङ्गठित अपराध अत्यधिक बढेको र त्यसलाई नियन्त्रण गर्ने सम्पूर्ण भार उनीमाथि नै पर्ने बताए ।
एजेन्सी । भारतको मध्य प्रदेशमा नक्कली मदिरा सेवनबाट पछिल्ला केही दिनमा करिब १५ जनाको मृत्यु भएको छ भने १०० भन्दा बढी व्यक्ति सरकारी अस्पतालमा...
काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको युद्धमा अमेरिकाले विजय हासिल गरेपछि तेलको मूल्य तीव्र रूपमा घट्ने र पेट्रोलको मूल्य प्रतिग्यालन दुई अमेरिकी डलरभन्दा...
काठमाडौँ । पोर्चुगलका स्टार फुटबलर क्रिस्टियानो रोनाल्डो र उनकी लामो समयदेखिकी प्रेमिका जर्जिना रोड्रिग्वेजले विवाह गरेका छन्। उनीहरूले मंगलबार पोर्चुगलको कास्काइसमा एक निजी नागरिक समारोहबीच...
काठमाडौँ । कोलम्बियाको पश्चिमी क्षेत्रमा सोमबार गएको ७.४ म्याग्निच्युडको शक्तिशाली भूकम्पमा परी मृत्यु हुनेको सङ्ख्या १८८ पुगेको छ । कोलम्बियन एसोसिएसन अफ क्यापिटल सिटीजले मंगलवार...
काठमाडौं । कोलम्बियामा ७.४ म्याग्निच्युडको शक्तिशाली भूकम्प जाँदा कम्तीमा १३२ जनाको मृत्यु भएको छ । सयौं मानिस अझै बेपत्ता छन् । सरकारले प्रारम्भिक रूपमा १११...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend