Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • भारतमा बसको ठक्करबाट बैतडीका युवकको मृत्यु


    बुधबार, साउन २४ २०८०
    1.5K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । रोजगारीको सिलसिलामा रहेका बैतडीका एक युवकको भारतमा बसको ठक्करबाट ज्यान गएको छ । बैतडीको डिलाशैनी गाउँपालिका–२ मल्लाछेपट्टाका २७ वर्षीय पुष्कर बोहराको भारतको राजस्थानमा मृत्यु भएको हो ।

    रोजगारीका लागि एक वर्ष अघि राजस्थान पुगेका पुष्करको बसको ठक्करबाट मृत्यु भएको प्रहरीले जनाएको छ । काम गर्ने होटलबाट सामान किन्नका लागि बजार गएका बेला पुष्करलाई बसले ठक्कर दिएको थियो ।

    बसको ठक्करबाट गम्भीर घाइते भएका पुष्करको उपचारका क्रममा मृत्यु भएको हो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार