काठमाडौं । अविरल वर्षापछिको पहिरोले घर बगाउँदा बेपत्ता भएका ६ जनामध्ये एक जनाको जीवितै उद्धार गरिएको छ । मकवानपुरको बागमती गाउँपालिका–५, सिक्रे दोभानमा पहिरोले अक्कलबहादुर स्याङ्तानको घर बगाउँदा बेपत्ता भएका १९ वर्षीय पासाङ घिसिङको करिब १२ घण्टापछि आज अपराह्न जीवितै उद्धार गरिएको हो ।
बागमती खोलाबाट प्रहरीको उद्धार टोलीले उनलाई जीवितै उद्धार गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी दिएको छ । उद्धार गरिएका उनलाई उपचारका लागि अस्पतालतर्फ पठाइएको प्रहरीले जनाएको छ ।
पहिरोमा परी अझै ५ जना बेपत्ता भएका छन् । बेपत्ता हुनेमा ५० वर्षीय अक्कलबहादुर स्याङ्तान, उनकी छोरी २२ वर्षकी शिला पहरी, पहरीका पति अन्दाजी २५ वर्षका जीवन पहरी, पहरीका छोरा अन्दाजी ४ वर्षका मिलन र करिब डेढ वर्षीया दिव्या पहरी छन् ।
काठमाडौँ। नेपाली कांग्रेसको आह्वानमा प्रतिपक्ष दलको बैठक सुरु भएको छ। सिंहदरबारस्थित कांग्रेस संसदीय दलको कार्यालयमा प्रतिपक्ष दलको बैठक सुरु भएको हो। बैठकमा कांग्रेस संसदीय दलका...
काठमाडौँ । प्रधान न्यायाधीश र न्यायाधीशसँग जोडिएका विवादास्पद सन्देश तथा सम्पर्कका विवरण सार्वजनिक भएपछि उत्पन्न परिस्थितिबारे छलफल गर्न सर्वोच्च अदालतमा सोमबार बिहानदेखि सुरु भएको...
काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले लोकतन्त्रमा निर्वाचनबाट प्राप्त जनादेश शासन सञ्चालनको अधिकार भएपनि संविधान र कानुनभन्दा माथि उठ्ने अनुमति नभएको बताएको छ। आज...
– नारायणप्रसाद शर्मा काठमाडौँ । नेपालको राजनीतिमा परम्परागत दलहरूले भ्रष्टाचार गरे, हामी सुशासन ल्याउँछौँ भन्दै नेपाली जनताको सेन्टिमेन्ट (भावना) जितेर संसदमा प्रमुख शक्तिका रूपमा उदाएको...
काठमाडौँ। आज (सोमबार) सुनको मूल्य तोलामा २ हजार ३ सय रुपैयाँ बढेको छ । अघिल्लो दिन ८ हजार ३ सय रुपैयाँ घटेको थियो । नेपाल...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend